आमाघर आश्रमलाई एनआइसी एसिया बैंकको वाटर प्युरिफायर सहयोग

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले मनहरी– ८, मकवानपुरस्थित आमाघर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा रहेका व्यक्तिलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित वाटर प्युरिफायर जडान गरेको हो । बैंकका सर्कल हेड नारायणगढका रामकृष्ण काफ्लेले आश्रमका संरक्षक विजयराज सिग्देललाई एक कार्यक्रमबिच आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका छन् । 

बैंकले उपलब्ध गराएको यस सहयोगले आश्रममा आश्रित व्यक्तिलाई स्वच्छ खानेपानीको सुविधा हुनुका साथै उनीहरूको स्वास्थ्य तथा आश्रम बसाइमा अझ सहजता हुने बैंकले विश्वास लिएको छ । 

सुझावित समाचार