दाङको तुलसीपुरस्थित कारागार कार्यालयमा कार्यरत प्रहरी हवलदारको मोटरसाइकलकाे ठक्करबाट एक विद्यार्थी घाइते भएकी छन्। शुक्रबार बिहान ११ बजेतिर कारागार कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी हवलदार भरत थारूको मोटरसाइकलले ठक्कर दिएको हो।
गुल्मचोकको जेब्राक्रसमा ठक्कर दिँदा सल्यान घर भई हाल तुलसीपुर- ८, दुधेना बस्दै आएकी १९ वर्षीय मुना बुढाथोकी घाइते भएको प्रहरीले बताएको छ। बुढाथोकी देब्रे खुट्टा भाँच्चिएको छ, भने टाउकोमा चोट छ।
उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। बुढाथोकी यही १४ गतेबाट कक्षा १२ को परीक्षासमेत थियो। उनी हिमाल एकाडेमीकी विद्यार्थी हुन्। ४१ वर्षीय प्रहरी हवलदार थारू बर्दिया बढैयाताल ६ निवासी हुन्। उनी भे १४ प १६१ नम्बरको मोटरसाइकलमा सवार थिए। हवलदार थारूको बायाँ खुट्टा र हातमा चोट लागेको छ।