यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोलाको दुई लाख ९७ हजार एक सय रहेकोमा साताभर उतारचढाव हुँदै शुक्रबार आइपुग्दा प्रतितोला दुई लाख ९९ हजार आठ सय कायम भयो ।
शुक्रबारको भाउ आइतबारको तुलनामा प्रतितोलामा दुई हजार सात सय रुपैयाँ बढी हो । बढ्दो भूराजनीतिक तनाव, मुद्रास्फीतिको दबाब, अमेरिकी डलर कमजोर रहनु, चाँदीको औद्योगिक माग बढ्नुजस्ता कारणले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उतारचढाव हुन पुगेको विश्लेषकको भनाइ छ । नेपाली बजारमा यसेको प्रभाव परेको देखिन्छ ।
यो साता चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला चार हजार नौ सय ७५ रुपैयाँ कायम रहेकोमा उतारचढाव हुँदै शुक्रबार आइपुग्दा प्रतितोलामा पाँच हजार एक सय ३० रुपैयाँ कायम रह्यो । समग्रमा साताभर चाँदी प्रतितोला एक सय ५५ रुपैयाँ बढी हो ।