काठमाडौं महानगरपालिकाभित्र विभिन्न स्थानबाट संग्रहालय पुगेका मूर्तिहरूलाई कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर घर फिर्ता गर्ने निर्णय भएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, साझेदार कार्यालयका अधिकारी, जनप्रतिनिधि र समुदायका प्रतिनिधिबिच भएको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले विश्व सम्पदा दिवस २०८३ का अवसरमा महागौरी, पार्वतीको मूर्ति पुनर्स्थापना गर्ने निर्णय पनि गरेको छ। मरुबाट चोरी भएको स्थानमा मूर्ति पुनर्स्थापना गर्न वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरको संयोजकत्वमा समिति गठन भएको छ। यसअनुसार भोलि मूर्ति पुनर्स्थापना गर्ने कार्यक्रम छ।