सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसदीय समितिका बैठक चलाउने केही तरिका बदल्नुपर्ने बताएका छन्।
शुक्रबार पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा सभामुख अर्यालले नयाँ पुस्ताको अपेक्षा पूरा गर्न पनि विगतका अभ्यासमा परिवर्तन आवश्यक रहेको प्रस्ट पारे।
‘विगतका केही नजिरहरूलाई बिस्तारै हामीले छोड्दै जानु पनि पर्न सक्छ। त्यसकारण पहिलेको नजिर थियो, त्यसकारण हुनैपर्छ भन्ने भन्दा पनि त्यो अहिलेको लागि स्विटेबल (उपयुक्त) छ कि छैन त्यो हेरौँ,’ उनले भने।