शिक्षक नियुक्तिमा चार लाख ५० हजार घुस लिनेलाई एक वर्ष कैद

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

शिक्षक नियुक्तिमा चार लाख ५० हजार घुस लिने दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। 

रौतहटको जयकिसान माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद र स्थानीय अरविन्दप्रकाश साह कानुलाई बिहीबार विशेष अदालतले दोषी ठहर गर्दै प्रतिव्यक्ति एक वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँका दरले जरिवाना तोकेको हो। उनीहरूबाट नौ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने पनि फैसला भएको छ।

घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई गत कात्तिकमा पक्राउ गरेको थियो। रसायन विज्ञान विषयको शिक्षक करारमा नियुक्तिका लागि उनीहरूले घुस मागेपछि पीडितले आयोगलाई खबर गरेर पैसा दिएका थिए। पैसा लिएलगत्तै उनीहरूलाई आयोगको टोलीले पक्राउ गरेको हो। 

सुझावित समाचार