१०औँ पोखरा स्पोर्टस् अवार्डको टाइटल स्पोन्सरमा रारा तयारी चाउचाउ

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

१०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०८२ को टाइटल स्पोन्सर हिमश्री फुड्स प्रालि पोखराको उत्पादन रारा तयारी चाउचाउले गर्ने भएको छ । टाइटल स्पोन्सरसँगै अब अवार्डको नाम ‘रारा पोखरा स्पोर्टस् अवार्ड २०८२’ हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा १८ वैशाख ०८३ मा हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था, पत्रकारलाई गरी विभिन्न आठ विधामा अवार्ड वितरण गरिनेछ।

टाइटल स्पोन्सरका लागि दुई संस्थाबिच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मञ्चका अध्यक्ष एमबी आस्था र हिमश्रीका प्रबन्ध निर्देशक प्रकाश केसीको रोहवरमा मञ्चका तर्फबाट महासचिव परशुराम शर्मा र हिमश्रीका तर्फबाट महाप्रबन्धक शिव गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

 योसँगै हिमश्री फुडले विगत २५ वर्षदेखि सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा प्रमुख प्रायोजकको रूपमा सहयोगसमेत गर्दै आएको छ । 

सुझावित समाचार