समिति सभापतिको टुंगो लगाउन कांग्रेस, एमाले र नेकपाका नेताहरू छलफलमा

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

विभिन्न संसदीय समितिको सभापतिमा उम्मेदवारी टुंग्याउन विपक्षी दलहरू छलफलमा जुटेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी छलफलमा जुटेका हुन् ।

समितिमा कसरी जाने भन्ने विषयमा छलफल गर्न अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा तीन दलका नेताहरू छलफल गरिरहेका छन् । 

संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।

सुझावित समाचार