सातजना खेलकुद विकास समिति अध्यक्ष नियुक्त

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशका सात जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेको छ । परिषद्का अध्यक्षसमेत रहेका सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको परिषद्को बैठकले सात जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।

बैतडी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भूपेन्द्र चन्द, बाजुरामा कोपिलासिंह कुँवर, अछाममा गोकुलबहादुर शाह र बझाङमा कमलबहादुर सिंहलाई अध्यक्ष नियुक्त गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

त्यस्तै, खेलकुद विकास समिति कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, कैलालीको अध्यक्षमा दिनेश भण्डारी र डडेल्धुरा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जगतबहादुर ऐरलाई नियुक्त गरिएको छ ।

सुझावित समाचार