सल्यानमा एक महिनामा विभिन्न घटनामा संलग्न १५ जना पक्राउ

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

सल्यानमा विभिन्न मुद्दामा संलग्न १५ जना व्यक्ति पक्राउ परेका छन्। एक महिनाको अवधिमा विभिन्न घटनामा संलग्न १५  व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो ।

प्रहरीले चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै पक्राउ पर्नेहरूमा कर्तव्य ज्यानका दुईजना, बलात्कारका एकजना, बलात्कार प्रयासका एकजना, सवारी ज्यानका एकजना, लागुऔषधका एकजना, विद्युतीय कारोबारका एकजना र बहुविवाहका दुईजना रहेको जनाएको छ ।

त्यस्तै, अभद्र व्यवहारका दुईजना, बैंकिङ कसुरका तीनजना र पेन्डिङ मुद्दाका एकजना गरी कुल १५ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। 

 चैत महिनामा सबैभन्दा बढी घटना कुमाख गाउँपालिकामा भएका छन् भने सबैभन्दा कम घटना कालीमाटी गाउँपालिकामा भएका छन् । यसै अवधिमा ४४ वटा ठाडो उजुरी परेकोमा ४१ वटा सल्यान  भइसकेका छन् भने तीनवटा बाँकी रहेका छन् । साथै, चैत महिनामा आठवटा आगलागीका घटना दर्ता भएका छन्  जसमा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

See More On

सुझावित समाचार