गुर्जो जातको ११ क्विन्टल जडीबुटीसहित एकजना पक्राउ

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

गुर्जो जातको ११ क्विन्टल जडीबुटीसहित प्रहरीले स्याङ्जाबाट एकजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा जिल्ला स्याङ्जा, गल्याङ नगरपालिका– २ बस्ने वर्ष ४१ का कमल राना रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए।

प्रहरी चौकी गल्याङ, स्याङ्जाबाट खटिएको प्रहरीको गस्ती टोलीले सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा जिल्ला स्याङ्जा, गल्याङ नगरपालिका– ३ चौकीलाइनस्थित सिद्धार्थ राजमार्गबाट लु.२च ७९२० नम्बरको जिपसहित रानालाई पक्राउ गरेको चौधरीले जानकारी दिए ।

राजमार्गमा छापबाट तल्लो गल्याङतर्फ गइरहेको जिपमा विनबिलबिजकको गुर्जो जातको जडीबुटी ओसारपसार गरेको फेला पारेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद जडीबुटी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सबडिभिजन वन कार्यालय, वालिङ, स्याङ्जामा पठाइएको चौधरीले बताए ।
 

सुझावित समाचार