- एलओडी क्लब यसअघि विश्वका उत्कृष्ट क्लबहरूमध्ये सन् २०२५ मा ४४औँ, सन् २०२२ मा ५२औँ, २०२३ मा ४९औँ र २०२४ मा ५०औँ स्थानमा परिसकेको छ
-
ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ । बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’काे सूचीमा एलओडी ४०औँ स्थानमा परेको हो ।
प्रतिवर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबिच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी थिए। एलओडी क्लबका निर्देशक भूपेन कुँवरले यो उपलब्धि मुलुकका लागि गौरवको विषयको रूपमा व्याख्या गरे।
‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,’ उनले भने।
उनका अनुसार, ‘टप सय क्लबको सूचीमा ४०औँ स्थानमा पुग्नु रात्रिकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ।’
कुँवरले क्लबको निरन्तर विकास र स्तरवृद्धिका लागि टिमवर्क, रचनात्मकता र सेवा गुणस्तर प्रमुख कारण भएको उल्लेख गरे। ‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ। आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौँ,’ उनले स्पष्ट पारे।
पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावनालाई उजागर गरेको कुँवरको भनाइ छ। ‘मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने।
क्लबिङ लाइफलाई व्यवस्थित र सभ्य बनाउन हामीलाई थप जिम्मेवारी प्रदान गरेको कुँवरको भनाइ छ । एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये सन् २०२५ मा ४४औँ स्थानमा रहेको थियो । यसअघि सन् २०२२ मा ५२औँ, २०२३ मा ४९औँ र २०२४ मा ५०औँ स्थानमा परिसकेको छ ।
एलओडी क्लब विश्वकै उत्कृष्ट ४०औँ स्थानमा
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
२ हप्ता अघि
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
२ हप्ता अघि
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
३ हप्ता अघि
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
१ हप्ता अघि
सुझावित समाचार
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगिनी मरिक’को लोकार्पण
काठमाडौं/ पत्रकार तथा लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठ…
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
काठमाडौं । नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दसैँ यो आँ…