रास्वपा संसदीय दलको बैठक आज

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बिहीबार बस्दै छ । दिउँसो १२ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले बताए ।

शुक्रबार संसदीय समितिका सभापतिहरूको निर्वाचन हुने भएका कारण पार्टीका तर्फबाट उम्मेदवारीबारे छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ । बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

त्यसअघि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । २७ चैतमा सभामुख डोलप्रसाद अर्यालले शुक्रबारका लागि संसदीय समितिका सभापतिहरूको निर्वाचन तोकेका थिए ।

सोही दिन उनले प्रतिनिधिसभाको विषयगत समितिमा रहने सदस्यहरूको नामावली पारित गरेका थिए । संघीय संसद्अन्तर्गत १६ वटा संसदीय समिति रहेकोमा प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रिय सभाअन्तर्गत चारवटा समिति र दुईवटा संयुक्त समिति छन् ।

See More On

सुझावित समाचार