अमेरिकाको चर्चित टाइम म्यागजिनले सन् २०२६ का विश्वका एक सय प्रभावकारी व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह समावेश गरेको छ। प्रभावशाली राजनीतिज्ञको विधामा उनलाई राखिएको छ।
बालेनसहित राजनीतिज्ञको सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसहित चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानकी प्रधानमन्त्री साने ताकाइची, इराजयलका प्रधानमन्त्री बेन्जामिन नेतान्यहु, न्युयोर्कका मेयर जोहरान मम्दानीलगायत छन्।
टाइम म्यागजिनको एक सय प्रभावशाली व्यक्तिको सूचीमा पहिलोपटक नेपाली अटाएका छन्।