कांग्रेसले थप्यो निर्वाचनमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी दिने समय

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण
कांग्रेसले थप्यो निर्वाचनमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी दिने समय

फाइल तस्बिर

नेपाली कांग्रेसले गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी दिने समय थप गरेको छ।

बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघन गर्नेहरूविरुद्ध उजुरी गर्ने समय वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको हो। यसअघि उजुरी गर्ने मिति २०८२ चैत मसान्तभित्र तोकिएको थियो।

बैठकले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सातदिने स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ।

सुझावित समाचार