नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा मिलोस् : सुशीला कार्की

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नयाँ वर्ष ०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह ल्याओस् भन्ने अपेक्षा व्यक्त गरिन्।

कार्कीले बितेका वर्षका अनुभवबाट पाठ सिक्दै आगामी दिनहरूलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सबैलाई सफलता मिलोस् भन्ने कामना गरेकी छिन्। साथै उनले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सदभाव अभिवृद्धिका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन्।

सुझावित समाचार