एनआइसी एसिया बैंकले कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दगोरिया गाउँपालिका–२, कैलालीस्थित असहारा घरमा आश्रितलाई सहयोग गरेको हो । सहयोग सामग्रीमा डाइनिङ टेबुल, बेन्चका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर रहेका छन् ।
बालबालिका, महिला, शारीरिक रूपमा विशेष क्षमता भएका तथा पाका उमेर व्यक्तिसहित ९७ जनालाई सहारा घरले आश्रय दिइरहेको छ । सहयोग सामग्री बैंकका सर्कल हेड धनगढीका दीपक विष्टले संस्थाका अध्यक्ष बलबहादुर विष्टलाई हस्तान्तरण गरेका हुन् ।
सहारा घरले असहाय, परनिर्भर, बालबालिका तथा सहयोगको आवश्यकता भएका व्यक्तिलाई खानेबस्ने सुविधासहित आश्रय दिँदै आएको छ । बैंकले उपलब्ध गराएको सहयोगले उक्त संस्थामा आश्रित व्यक्तिको बसाइ र स्वच्छ खानेपानीको सुविधा अझ सहज हुने बैंकले विश्वास लिएको छ ।
यसअघि बैंकले शान्ति सेवा गृहमा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । साथै, सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिसकेको छ ।
बैंकले छात्रवृत्तिसँगसँगै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापनासमेत गरेको बताइएको छ ।