सामसङ नेपालले पाककलालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ । कार्यक्रम शनिबार गरिएको हो । कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेष उलाकको सहभागिता रहेको थियो । उनले सहभागीलाई सामसङका विभिन्न माइक्रोवेभ मोडेलको प्रयोगमार्फत परिकार तयार गर्ने व्यावहारिक सिप सिकाएको कम्पनीले जनाएको छ ।
मास्टरक्लासमा आधुनिक माइक्रोवेभ प्रविधिबाट खाना पकाउँदा स्वाद र पोषण कसरी जोगाउन सकिन्छ भन्ने विषयमा प्रदर्शन गरिएको थियो । सहभागीहरूले सोलो, ग्रिल, कन्भेक्सन प्रकारका माइक्रोवेभ प्रयोग गर्दै विभिन्न परिकार तयार गर्ने तरिका सिक्ने अवसरबारे जानकारी पाएका थिए ।
सेफ उलाकले माइक्रोवेभमार्फत छिटो तताउने, ग्रिल गर्ने, बेकिङ गर्ने तथा मल्टी–स्टेज कुकिङजस्ता विधिको प्रयोग प्रदर्शन गरेका थिए । यसले व्यस्त जीवनशैली भएका परिवारका लागि छिटो, स्मार्ट र सहज पाक समाधान प्रदान गर्ने सामसङको उद्देश्यलाई उजागर गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा गृहिणी, खाना पकाउने उत्साही तथा प्रविधिप्रेमी उपभोक्ताको उल्लेख्य सहभागिता रहेको थियो । यसका साथै सामसङ स्मार्ट थिंग्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो । कार्यक्रममा सहभागी हुनेलाई बेस्पोक एआई वासिङ मेसिन तथा रेफ्रिजरेटरजस्ता सामसङका स्मार्ट उपकरणसँग एप कसरी जोड्ने भन्ने जानकारीसमेत दिइएको बताइएको छ ।
सामसङ नेपालका अनुसार यस्तो पहलले घरमै खाना पकाउन रुचि राख्ने उपभोक्तालाई नवीन किचन समाधानमार्फत सशक्त बनाउने लक्ष्य राखिएको छ ।