भक्तपुरका मापदण्डविपरीतका इँट्टाभट्टा बन्द गर्न प्रधानमन्त्रीलाई सांसद रञ्जितको आग्रह

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

भक्तपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रुकेश रंजितले भक्तपुरका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका छन्। सोमबार प्रधानमन्त्री शाहले बागमती प्रदेशका सांसदहरुसँग गरेको छलफलमा उनले आफ्नो क्षेत्रका मुख्य १२ समस्या राखेका हुन्। उनले मापदण्ड विपरीत सञ्चालनमा रहेका ईटा उद्योग बन्द गराउनेदेखि भक्तपुर नगरपालिकाले सञ्चारन गरेका जग्गा एकीकरण आयोजनामा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिनको माग गरेका छन्। 

यस्ता छन् उनले उठाएका मुख्य १२ विषयः

१. ख्वप विश्वविद्यालय सम्बन्धि विधेयक तत्काल ल्याउने ।

२. आगामी आर्थिक वर्षको बजेटमा भक्तपुरको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको डिपीआर गर्ने गरि अगाडि बढ्ने ।

३. डिपीआर समेत सम्मन्न भईसकेको महादेव खोला बहुउद्देश्यीय खानेपानी परियोजनामा बजेट विनियोजन गर्ने ।

४. स्मार्ट सिटी खारेज गर्ने ।

५. भक्तपुर औधोगिक क्षेत्रलाई क्राफ्ट भिलेजको अवधारणा लागू गर्ने ।

६. संचालनमा रहेका मापदण्ड विपरीतका  ईट्टा भट्टा बन्द गर्न तत्काल निर्देशन जारी गर्ने ।

७. भक्तपुर सल्लाघारी स्थित ९९ रोपनिमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी केन्द्र स्थापना गर्न बजेट विनियोजन गर्ने ।

८. नेपाल इन्जिनियरिङ कलेजको समस्या ।

९. ऐन ड्राफ्ट समेत भइसकेको यूटिलिटी करिडोर सम्बन्धि कानुन बजेट अधिवेशनबाटै पारित गर्ने गरि अगाडि बढ्ने ।

१०. उधारो रकम उठाउने बिधेयक ल्याउने 

११. नवर्दुर्गा मन्दिर र देवगणको परम्परागत नाच र जात्रा संचालन/संरक्षण गर्न अक्षयकोष स्थापना गर्ने ।

१२. भक्तपुर नगरपालिकाले संचालन गरिएका जग्गा एकिकरण आयोजनाहरुको छानविन गर्नुपर्ने । स्थानियको माग सम्बोधन नगरी व्यापक नीतिगत भ्रष्टाचार गरिएको आशंका । यस विषयमा बोल्ने स्थानियलाई स्थानिय राजनीतिक दलको डर, त्रास र धम्की आउने गरेका कारण स्थानिय त्रसित भइरहेको अवस्था ।
 

सुझावित समाचार