महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्षलक्षित विभिन्न योजना सार्वजनिक

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजानिक गरेको छ।

‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एपमार्फत बैंकका सबै सक्रिय मोबाइल बैकिङ प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैकिङ प्लेटफर्ममाफर्त वैशाखको पहिलो हप्तामा कम्तीमा एक कारोबार गरेको अवस्थामा गोलाप्रथामार्फत तीनजना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज जित्ने बैंकले जनाएको छ।

विजेताहरूले आन्तरिक पर्यटनअन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडीसहित भ्रमण गर्न पाउनेछन्।

साथै, डिजिटल बैकिङलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ प्रयोगकर्ताहरुले विभिन्न डिजिटल कारोबार गरे बापत पाउने रिवार्ड पोइन्टलाई अझ प्रवर्धन गर्ने बैंकको विश्वास छ।

मोबाइल बैकिङ प्रयोगकर्ताले प्राप्त गर्ने ‘फोन प्वाइन्ट्स रिवार्डस्’ एपमा जम्मा हुनेछ। यो एप प्लेस्टोर तथा एप्स स्टोरमार्फत डाउनलोड गर्न सकिनेछ। यस्तो रिवार्ड पोइन्ट निश्चित सर्तभित्र रही ग्राहकहरूले विभिन्न सामानहरू खरिद गर्दा तथा अन्य कार्यहरूमा प्रयोग गर्न सक्छन्।

नयाँ वर्षकै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जासमेत सञ्चालनमा ल्याएको छ। महालक्ष्मी घर कर्जाअन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी कर्जा प्रदान हुनेछ। यस्तो कर्जाको ब्याजदर ७ वर्ष अवधिको लागि स्थिर रहने बैंकले प्रस्ट्याएको छ।

सुझावित समाचार