पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सम्पन्न

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको पित्तथैलीको शल्यक्रिया सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया भएको हो। 

ओली गत १४ चैतमा पक्राउ परेपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा स्वास्थ्य जाँचको क्रममा उनको शल्यक्रियाको आवश्यकता औँल्याइएको थियो। 

पित्तथैलीको शल्यक्रिया गरेर पत्थरी निकालिएको उनको सचिवालयले जनाएको छ। 

सुझावित समाचार