किन विफल भयो अमेरिका–इरान वार्ता ?

इरानको आणविक संवद्र्धन र हर्मुज जलमार्गमा इरानको नियन्त्रणको विषयमा दुवै पक्षबिच सहमति हुन सकेन

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

पाकिस्तानको मध्यस्थतामा भएको अमेरिका र इरानबिचको शान्तिवार्ता शनिबार २१ घण्टाको छलफलपछि विनानिष्कर्ष टुंगियो । शान्तिवार्ता विफल हुनुका कारणबारे अमेरिकी र इरानी पक्षले फरक–फरक विवरण दिइरहेका छन् । ‘अमेरिकाका अनुचित माग’का कारण युद्ध अन्त्य गराउने प्रयास विफल भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् भने अमेरिकी पक्षले वार्तामा आफूहरू ‘लचिला’ र ‘सहयोगी’ भए पनि निष्कर्षमा नपुगेको भन्दै त्यसको दोष इरानलाई दिएको छ ।

‘इरानी प्रतिनिधिमण्डलका अनेकौँ प्रयासका बाबजुद अमेरिकी पक्षबाट अगाडि सारिएका अनुचित मागले वार्तामा प्रगति हुन सकेन’ इरानको सरकारी प्रसारक आइआरआइबीले टेलिग्राममा गरेको एउटा पोस्टमा उल्लेख छ । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता विफल ‘इरानका लागि नराम्रो खबर’ भएको र उनको टोलीले तेहरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ गरेको दाबी गरे । 
मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले इस्लामाबादमा भएको वार्तामा गतिरोधका लागि इरानले अमेरिकाको ‘अव्यावहारिक माग’लाई दोष दिएको इरानी राज्य प्रसारक आइआआइबीले आइतबार जनाएको छ । ‘इरानी प्रतिनिधिमण्डलले इरानी जनताको राष्ट्रिय हितको रक्षा गर्न २१ घण्टासम्म निरन्तर र गहन रूपमा वार्ता ग¥यो । इरानी प्रतिनिधिमण्डलको विभिन्न पहलहरूको बाबजुद अमेरिकी पक्षको अव्यावहारिक मागले वार्ताको प्रगतिलाई रोक्यो । यसरी वार्ता समाप्त भयो,’ उक्त सञ्चारमाध्यमले भनेको छ । 

आणविक हतियारमा अल्झियो वार्ताको गाँठो
आणविक हतियारका र हर्मुजको जलमार्ग खुलाउने विषयमा वार्ताको गाँठो अल्झिएको इरानी विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । २१ घण्टाको गोप्य वार्तापछि उपराष्ट्रपति भान्सले मुख्य विवाद आणविक हतियारमा रहेको उल्लेख गरे । ‘हामीले एक सकारात्मक प्रतिबद्धता देख्नु आवश्यक छ कि इरानले आणविक हतियारको प्रयास गर्नेछैनन् । इरानीले ती उपकरण खोज्ने छैनन् जसले उनीहरूलाई छिटो आणविक हतियार प्राप्त गर्न सक्षम बनाउँछ,’ भान्सले भने यो ‘राष्ट्रपति (डोनाल्ड ट्रम्प)को मुख्य लक्ष्य हो ।’

सम्झौतामा नपुग्नु अमेरिकाभन्दा इरानका लागि दुःखद खबर भएको भान्सले चेतावनी दिए । ‘नराम्रो खबर यो हो कि हामी सम्झौतामा पुगेका छैनौँ र मलाई लाग्छ कि यो संयुक्त राज्य अमेरिकाका लागि भन्दा इरानका लागि धेरै नराम्रो खबर हो,’ अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख भान्सले आइतबार पत्रकारहरूलाई भने । १९७९ को इस्लामिक क्रान्तिपछि वासिङटन र तेहरानबिच शनिबार उच्चस्तरीय बैठक भएको थियो । उनले शनिबार सुरु भएको वार्तामा इरानले ‘आफ्ना सर्त स्वीकार नगरेको’ बताए । अमेरिकाले तेहरानबाट आणविक हतियार विकास नगर्ने ‘आधारभूत प्रतिबद्धता’ खोजेको बताए । 
राष्ट्रपति डोनाल्ड ट्रम्पले भान्सलाई पठाउनुले अमेरिकाले वार्तालाई गम्भीरतापूर्वक लिइरहेको देखाएको वासिङटन डिसीबाट रिपोर्टिङ गर्ने अलजजिराका जोन हेन्ड्रेन बताउँछन् । ‘भान्सले व्यक्त गरेका विचारले वार्ता समाप्त भएको अर्थ राख्दैन,’ उनले भने । दुवै पक्षबिच सहमतिमा पुग्न नसकेको मुख्य विषय हर्मुजको जलमार्गमाथि इरानको नियन्त्रण आणविक हतियारको विषय देखिन्छ । ‘अमेरिकाले समयसँगै इरानसँग वार्ता गर्दै आएको छ । ती वार्ता टाढाबाट पनि जारी रहन सक्छन्’ उनले भने । अलजजिरा संवाददाताले भने । हेन्ड्रेनका अनुसार वार्तामा अमेरिकाले इरानलाई आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउन माग गरेको थियो ।

एक–अर्कामाथि आरोप–प्रत्यारोप
इरानको विदेश मन्त्रालयले आइतबार भन्यो कि अमेरिकासँगको वार्ता एकै दिनमा सम्झौतामा पुग्ने कसैले पनि अपेक्षा गरेको थिएन । ‘स्वाभाविक रूपमा सुरुदेखि नै हामीले एउटै सत्रमा सम्झौतामा पुग्ने अपेक्षा गर्नु हुँदैनथ्यो । कसैले पनि त्यस्तो अपेक्षा गरेको थिएन,’ मन्त्रालयका प्रवक्ता इस्माइल बगाईलाई उद्धृत गर्दै सरकारी प्रसारक आइआरआइबी लेखेको छ । उनले पाकिस्तान साथै यस क्षेत्रका हाम्रा अन्य साथीहरू बिचको सम्पर्क जारी रहने कुरामा तेहरान विश्वस्त रहेको बताए ।

इस्लामाबादमा तेहरानको प्रतिनिधिमण्डलका नेता तथा इरानी संसदीय सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले वार्तामा उनको प्रतिनिधिमण्डलको विश्वास प्राप्त गर्न असफल भएको टिप्पणी गरे । ‘अमेरिकाले इरानको तर्क र सिद्धान्त बुझेको छ र अब उनीहरूले हाम्रो विश्वास जित्न सक्छन् कि सक्दैनन् भन्ने निर्णय गर्ने समय आएको छ,’ गालिबाफले सामाजिक सञ्जाल एक्समा भने । 

तेहरानबाट रिपोर्टिङ गरिरहेका अलजजिराका तोहिद असादीका अनुसार वार्तामा इरानी पक्षले विवादित बुँदासँग सम्बन्धित प्राविधिक वा अन्य विवरणको बारेमा जानकारी साझा गरेन । ‘पहिले, वासिङटन र इरानबिचको वार्ताको क्षेत्र आणविक गतिविधि र अत्यधिक समृद्ध युरेनियमको भण्डारमा केन्द्रित थियो र यो अघिल्ला चरणका वार्तामा विवादको विषय थियो,’ उनले भने । प्रतिद्वन्द्वी पक्षहरूले यसपटक हर्मुजको जलमार्गदेखि सुरक्षा आश्वासनसम्मका विषयलाई सम्बोधन गर्न खोजिरहेका बताए ।

इरानी सरकारी टेलिभिजन अधिकारीहरूका अनुसार इरानले विदेशमा रोक्का भएको सम्पत्तिमाथि तेहरानको पहुँच हुनुपर्ने, हर्मुज जलमार्गमा नियन्त्रण राख्न पाउनुपर्ने, युद्ध क्षतिपूर्तिको भुक्तानी र लेबनानसहित यस क्षेत्रभरि युद्धविरामको माग गरेको थियो । यद्यपि, अमेरिकी सहयोगी इजरायलले लेबनानमा हिजबुल्लाह समूहविरुद्धको आफ्नो आक्रमण रोक्न अस्वीकार गरेको छ । तेहरानले गत हप्ता सहमति भएको युद्धविराममा लेबनानको युद्ध पनि समावेश भएको बताएको थियो, तर अमेरिका र इजरायल दुवैले यसलाई अस्वीकार गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले युद्धविराम घोषणा गरेको प्रारम्भिक पोस्टमा लेबनानलाई पनि समावेश गरिएको छ ।

इस्लामाबादमा वार्ता चलिरहेको वेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विरुद्धको उनको देशको सैन्य अभियान समाप्त नभएको बताएका थिए । ‘मेरो नेतृत्वमा इजरायलले इरानको आतंकवादी शासन र यसका छद्म समुहविरुद्धको लडाई जारी राख्नेछ,’ उनले समाजिक सञ्जाल एक्समा एक पोस्टमा भने । नेतान्याहुले इजरायल लेबनानसँग सम्झौता खोजिरहेको पनि बताए । रिपोर्टहरूले अमेरिकाका लागि इजरायली राजदूत येचियल लेटरले पहिलो पटक वाशिंगटन डिसीमा लेबनानी राजदूतसँग कुरा गरेको बताएका छन ्। एक विज्ञप्तिमा, लेटरले इजरायलले हिजबुल्लाहसँग युद्धविराम स्वीकार नगर्ने बताए ।

इरानले आफूले आणविक बम बनाउने प्रयास नगरेकोमा जोड दिएको छ । लामो समय चलेको वार्तामा इरानको फ्रिज गरिएका सम्पत्तिमा पनि छलफल भएको थियो । ‘तर हामी त्यस्तो अवस्थामा पुग्न सकेनौं जहाँ इरानीहरू हाम्रा सर्तहरू स्वीकार गर्न इच्छुक थिए’, भान्सले भने । इरानको समाचार नेटवर्क प्रेस टिभीको रिपोर्टअनुसार स्ट्रेट अफ होर्मुजसहित विभिन्न मुद्दा विवादका बुँदामध्ये एक हो । 
अलजजिराबाट

सुझावित समाचार