वीरगन्ज महानगरपालिका वडा नम्बर ९, श्रीपुरमा धारिलो रड प्रहार गरेर एकजना युवकको हत्या भएको छ। मृत्यु हुनेमा कालिकामाई गाउँपालिका १, निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन्।
डेरा गरी बस्दै आएको महिलाको घरमा भेट्न आएको मृतक युवकलाई ४ र ५ जना मिलेर हत्या गरेको प्रहरीले जनाएको हो। साँझ ४ बजेको समयमा मृतक युवकले घरमा बस्दै आएको महिलालाई भेट्न आएको त्यही वेला घरमा आक्रमण गरेर मारिएको एकजना प्रहरी अधिकृतले जानकारी दिए।
घटनास्थलबाट प्रहरीले तीनजना पुरुष र एकजना महिला गरी चारजनालाई पक्राउ गरेको उक्त अधिकारीले बताए। घटनास्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।