सञ्चारमन्त्रीको बैंक ब्यालेन्स १० लाख, ऋण दिएको रकम ४८ लाख

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफ्नो बैंक ब्यालेन्स १० लाख रुपैयाँ रहेको खुलाएका छन्।

आइतबार सार्वजनिक विवरणअनुसार बालाजुस्थित नबिल बैंकको आफ्नो खातामा १० लाख २४ हजार ३६५ रुपैयाँ र श्रीमती मन्जु गैरेको वनस्थलीस्थित सानीमा बैंकको खातामा १० हजार रुपैयाँ रहेको उल्लेख गरेका छन्।

मन्त्री तिमिल्सिनाले ४८ लाख ऋण दिएको तथा सन् २०२२ मा २३ लाख रुपैयाँमा चारपांग्रे गाडी किनेको विवरणमा उल्लेख छ।

काठमाडौंको नागार्जुन–१ मा १४२.७० वर्गमिटर क्षेत्रफलमा फैलिएको घर र काठमाडौंमै १७४.८५ वर्गमिटर क्षेत्रफलको जग्गा श्रीमती गैरेको नाममा रहेको तिमिल्सिनाले खुलाएका छन्। घर र जग्गा श्रीमतीको आम्दानी रहेको उल्लेख छ।

यसैगरी, मंगलसूत्र, औँठी र तिलहरी गरी तीन तोला सुन, १० तोला चाँदी, एउटा मोतिमाला र दुईवटा बाला विवाहको समय, पुर्ख्यौली सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको बताएका छन्।

सुझावित समाचार