वीरगन्ज महानगरपालिका– १० मा डेरा गरी बस्दै आएकी एक युवतीले आफ्नै कोठामा आत्महत्या गरेकी छिन्। रौतहटको दिपही निवासी २० वर्षीया लक्ष्मी भन्ने पवनकुमारी गुप्ताले आइतबार बिहान करिब ९ बजे आफ्नै कोठामा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मृतक युवती मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी मोडल तथा टिकटक स्टारका रूपमा परिचित रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए । उनका अनुसार मृतकका आफन्तका अनुसार उनको आफ्नै गाउँका विवेक गुप्तासँग प्रेमविवाह भएको दाबी गरे पनि त्यो जस्तो नदेखिएको अवस्था छ ।
मृतक युवती लिभिङ टुगेदरमा बस्दै आएकोजस्तो देखिएकाले सम्बन्धमा खटपट आएपछि केही समयदेखि तनावमा रहँदै आएको प्रहरी निरीक्षक थापामगरले बताए । युवकले अब विवाह गर्ने तयारी गरिरहेको कारण उनी मानसिक तनावमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेकाले केहीबेरमा घटनाबारे जानकारी हुने प्रहरी निरीक्षक थापामगरले बताए ।