लुम्बिनी मनी चेन्जर व्यवसायी संघको अध्यक्षमा पंकज उदास चयन

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

लुम्बिनी मनी चेन्जर व्यवसायी संघको १०औँ साधारणसभा एवं पाँचाैँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पंकज उदासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।  जसकाे उपाध्यक्षद्वयमा नवराज जोशी र वासुदेव खनाल, सचिवमा इरफान वारिस, सहसचिव राजीव उदास र कोषाध्यक्ष लोकनाथ ज्ञवाली चयन भएका छन् । 

त्यसैगरी सदस्यहरूमा टीकादेवी न्याैपाने, वसन्त पोखरेल,अवधकिशोर अग्रवाल, आफताब अन्सारी, यदुनाथ लम्साल, अशोक क्षेत्री, आमना शाह, चयन भएका छन्। त्यसैगरी सल्लाहकारमा विष्णुप्रसाद शर्मा, गोपाल भण्डारी र नरहरि घिमिरे चयन भएका छन् । 

सुझावित समाचार