रेड्मी ए–सेभेन नेपाली बजारमा

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

साओमीले आधिकारिक रूपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए–सेभेन नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी ए–सेभेन मध्यम र हल्का वजनको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम छ । यसमा ६.८८ इन्चको ठुलो एलसिडी डिस्प्लेसँगै ४५० निट्सको ब्राइटनेस रहेको छ । यसले ‘डिसी डिमिङ’ प्रविधि सपोर्ट गर्छ, जसले गर्दा लामो समयसम्म फोन चलाउँदा पनि आँखामा खासै असर पर्दैन । 

साथै, यसले १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्ने भएकाले डिभाइस निकै ‘स्मुथ’ तरिकाले चल्नेछ । ३ जिबी+६४ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको फोनमा र्यामलाई ३ जिबीबाट ६ जिबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्स्टेन्सन’ छ । रेड्मी ए—सेबेनमा ५२०० एमएएच क्षमताको ब्याट्री छ, जसले यसमा १५ वाटको इन्ट्री–लेभल फास्ट चार्जिङ प्रविधि जडान गरिएको छ, जसले फोन छिटो चार्ज गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 

त्यसैगरी, यसमा रहेको १३ एमपी मुख्य क्यामरा र ८ एमपी फ्रन्ट क्यामराले फराकिलो लेन्स एपेर्चर र कम उज्यालो भएको ठाउँमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिनेछ । यसमा ३.५ मिमिको हेडफोन ज्याक पनि उपलब्ध छ, जसले गीत वा पोडकास्ट सुन्दा यथार्थपरक अनुभव प्रदान गर्छ । यो फोन कालो, स्काई ब्लु र अर्चिड पर्पल (हल्का चम्किलो वा बैजनी) रङहरूमा उपलब्ध छ । दुई वर्षको वारेन्टी सुविधा रहेको स्मार्टफोनको मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

सुझावित समाचार