प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रुविकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो।
ठाकुरको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी रहनेछन्। उपसभामुखका लागि राप्रपाबाट सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छिन्।
उपसभामुखको निर्वाचन २७ चैतलाई तोकिएको छ। संसदीय अंकगणितअनुसार उपसभामुखमा रास्वपाले जुन दलको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने निश्चित छ।