सुबिसुको आयोजनामा ‘एपाक आइपिभी सिक्स काउन्सिल मिट’ हुँदै

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले चौथो एपाक आइपिभी सिक्स काउन्सिल मिट आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको यो सम्मेलन २७–२८ चैतमा काठमाडौंमा हुँदै छ ।

नेपालमा हुने यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनले सरकारको ‘डिजिटल नेपाल’ अभियान साकार पार्ने महत्वपूर्ण कदमका रूपमा लिइएको कम्पनीले जनाएको छ । सम्मेलनले नेपाललाई एसिया–प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा फाइभ–जी, स्मार्ट सिटी र ठुला औद्योगिक स्वचालनजस्ता नवीनतम प्रविधिका लागि आवश्यक आइपिभी कसरी प्रदान गरिन्छ भन्ने विषयमा अनुभव साटासाट हुनेछ । यसले नेटवर्कहरूमा बढ्दो साइबर खतराबारे पनि ध्यानाकर्षण गराउने बताइएको छ ।

यस वर्षको सम्मेलन विशेष गरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा (आइपिभी)को व्यावहारिक प्रयोगमा केन्द्रित रहने बताइएको छ ।

See More On

सुझावित समाचार