नेसनल लाइफका अभिकर्तालाई एकदिने तालिम प्रदान

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयहरूमा आबद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एकदिने तालिम प्रदान गरेको छ।

प्रेरणा, प्रगति र पेसागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बिमा शुल्क संकलन गरी छनाेट भएका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका सबै शाखा कार्यालयहरू र लुम्बिनी प्रदेशअन्तर्गतका केही शाखा कार्यालयका गरी १६० अभिकर्ताहरूलाई तालिम प्रदान गरिएको हो।

महेन्द्रनगर शुक्लाफाँटास्थित होटेल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बिमा क्षेत्रकै चर्चित उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्ने उपायबारे विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए।

कार्यक्रममा विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखास्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई सहायक महाप्रबन्धक विवेक शर्माले मायाको चिनो प्रदान गरेका थिए।

सुझावित समाचार