नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको छ। बुधबार जारी गरेको सूचनामा नेप्सेले मन्त्रिपरिषद्ले २२ गते गरेको निर्णयअनुसार कारोबार समय परिवर्तन गरिएको बताएको छ।
सरकारले २२ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने र शनिबार तथा आइतबार सार्वजनिक बिदा रहने पनि तय गरेको थियो।
