योजना आयोगको उपाध्यक्षमा डा. भट्ट

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

सरकारले मुलुकको आर्थिक प्रशासन र योजना निर्माणका दुई महत्वपूर्ण निकायमा नयाँ नियुक्ति गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अर्थशास्त्री डा. गुणाकर भट्टलाई योजना आयोगको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको छ । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि समेत चर्चामा रहेका भट्टलाई सरकारले विकास योजना तर्जुमाको सर्वोच्च निकायमा ल्याएको हो । 

त्यस्तै, नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठन हुने सिफारिस समितिको संयोजकमा समेत आयोगको उपाध्यक्ष रहनुपर्ने व्यवस्था बिमा ऐनमा छ । 

सुझावित समाचार