भिबोन होम्सले कटन (सुती)का बेडसिट सार्वजनिक गरेको छ । कम्पनीले उच्च गुणस्तरसहितका कटन कम्बेट र प्योर कटन बेडसिट सार्वजनिक गरेको हो । आधुनिक डिजाइन र उत्कृष्ट कपासबाट बनेका यी बेडसिटले प्रयोगकर्तालाई नरम, मुलायम र आरामको अनुभूति गराउने बताइएको छ ।
कम्पनीका यी बेडसिट केवल आरामदायी मात्र नभई मिठो र शान्त निद्राका लागि पनि सहयोगी छन् । उच्च गुणस्तरको कपास प्रयोग गरिएको हुनाले छालामा कोमल स्पर्श दिँदै दैनिक थकान कम गर्न मद्दत गर्ने दाबी गरिएको छ ।
आकर्षक गिफ्ट प्याकमा उपलब्ध कम्पनीका बेडसिट उपहार दिन सकिने गरी उत्कृष्ट विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । भिबोनले गुणस्तर, आराम र आकर्षणलाई प्राथमिकतामा राख्दै ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर यी उत्पादन बजारमा ल्याएको जनाएको छ ।