गृहमन्त्री गुरुङले गरे क्षतिग्रस्त बिपी राजमार्गको निरीक्षण

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

गृहमन्त्री सुधन गुरुङले बाढीले क्षतिग्रस्त बिपी राजमार्गको स्थलगत निरीक्षण गरेका छन्। गृहमन्त्री गुरुङ बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकनका लागि मंगलबार दिउँसो पुगेका हुन्।

तीन वर्षदेखि बर्सेनि आउने बाढीले बिपी राजमार्गको रोशी खोलाआसपासमा विभिन्न क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको छ। नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थलमा पर्ने चौकीडाँडा पुगेर गृहमन्त्री गुरुङले अवलोकन गरेका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थितिबारे जानकारी लिए। सो क्रममा गुरुङलाई नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिमबहादुर वाइवालगायतले स्वागत गरेका थिए।

सुझावित समाचार