उज्यालो बागलुङ कार्यक्रम : बागलुङ बजारमा ‘हाइमास्ट‘ बत्ती जडान

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

 उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत  बागलुङ नगरपालिकाले सदरमुकाम बजार क्षेत्रमा हाइमाष्ट बत्ती जडान गरेको छ । बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती बल्न सुरु गरेको छ ।

बागलुङ नगरपालिका वडा नं १,२, ३ र ४ का मुख्य चोकका १० वटा स्थानमा हाइमाष्ट बत्तत्री जडा गरिएको हो । बागलुङ नगरपालिका वडा नं. १ को मालढुंगाको प्रवेशद्धार र कालिका भगवती मन्दीर, वडा नं. २ को ट्राफिक चोक नजिकै ऐतिहासिक पार्क, धौलागिरी अस्पताल, धौलागिरी क्याम्पसगेट र लोकतान्त्रीक चोकमा जडा गरिएको हो । त्यस्तै वडा नं. ३ को चिप्लेटी वसपार्क क्षेत्र र वडा नं. ४ को आर्मी व्यारेक अगाडीको एटिएम चोक र नयाँबसपार्कमा उक्त बत्तीहरु जडान गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले सोमबार साँझ लोकतान्त्रीक चोकमा बत्ती बालेर शुभारम्भ गरेका छन ।  

नगरपालिको उज्यालो कार्यक्रम अन्तरगत बत्ती जडाका निम्ती चिनबाट पोल ल्याईएको थियो भने भारतबाट ल्याईएका बत्ती प्रयोग गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। “यी बत्ती सवै रिमोर्टबाट चल्ने छन  नगरपालिका कार्यालयबाट नै एकै समयमा बाल्न सकिने छ ।

यसलाई लाईट अझै उज्यालो बनाउन पनि सकिने छ डिम गर्नपनि नगरप्रमुख श्रेष्ठले भने,–‘हाल बत्तीको महशुल नगरपालिकाले तिरेपनि भोलीका दिनमा टोल सुधार समिति र टोल विकास संस्थाले महशुल बुझाउने गरी योजना बनाउने छौ टोल सुधार समितिबाट महशुल तिर्ने काम भयो भने संरक्षण र प्रर्वद्धन गर्ने कुरामा अझै महत्व हुनेछ ।” बत्तीको मासिक रुपमा झण्डै २ हजार रुपैयाँ सम्म महशुल आउने श्रेष्ठले बताए । 

कुल ३६ लाख ८२ हजार ३४५ रुपैयाँ लागत रहेको यो कार्यक्रममा बागलुङ नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत रहेको छ । जसमा नगरपालिकाको कुल २३ लाख ९३ हजार ५२४ रुपैयाँ र मिटर जडान खर्च १ लाख ५२ हजार सहित नगरपालिकाको २५ लाख ४५ हजार ५२४ रुपैयाँ खर्च भएको नगरप्रमुख श्रेष्ठले बताए ।

बजार क्षेत्रमा  जडान १० वटा बत्ती मध्ये एक बत्ती बराबर ३ लाख ५० हजार रुपैयाँ रहेको  छ ।  बत्तीले बाटोहरु फराकिलो हुने र बजार क्षेत्रमा चहलपहलका साथै सडक सुरक्षामा पनि थप सहयोग पुग्ने स्थानीय व्यवसायी उमेश गौतमले बताए ।  

एक पोलमा ४ देखी ६ वटा २०० वाटको हाईमाष्ट बत्ती जडान गरिएको छ नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलिप मरासीनीले जानकारी दिए । 
 

सुझावित समाचार