सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल तथा मट्टीतेलको पैठारीमा लागू हुने भन्सार महसुल र पूर्वाधार विकास महसुल दुवैमा आधा कटौती गर्ने निर्णय गरेको हो।
सरकारको यो निर्णयले इन्धनको मूल्यमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।