कर्णाली प्रदेश सरकारले ०८३ सालमा ६ दिन थप सार्वजनिक बिदा दिने

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले आगामी वर्ष ०८३ सालमा ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेतमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ मा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कर्णाली प्रदेशमा थप ६ दिन बिदा दिने निर्णय भएको बताए । 

प्रदेश सरकारले चैत १२ गते (धान दिवस), असोज २२ गते चन्दननाथ मन्दिरको लिंगाे बोक्ने मेलाका लागि जुम्ला जिल्ला मात्र, असार १५ को राष्ट्रिय धान दिवसमा भने जुम्लाबाहेक अन्य जिल्लामा बिदा दिने निर्णय भएको प्रवक्ता शाहले बताए ।

त्यस्तै, साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस र कात्तिक ८ गते कोजाग्रत पूर्णिमामा प्रदेशभर सार्वजनिक बिदा हुनेछ ।

सुझावित समाचार