सल्यानबाट अवैध काठसहित ट्रक प्रहरी नियन्त्रणमा

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

सल्यान प्रहरीले अवैध काठसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। थारमारे–चौरजहारी सडकखण्डअन्तर्गत बागचौर नगरपालिका– ३, चौरपानीबाट  नेपालगन्ज जाँदै गरेको ना.६ख ३३२९ नम्बरको ट्रकबाट उत्तिसको काठ प्रहरीले नियन्त्रण लिएको हो।

सादा पोसाकमा खटिएका प्रहरीले चौरपानीदेखि नेपालगन्जतर्फ जाँदै गरेको ट्रकसहित काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानको सूचना शाखाले जनाएको छ। प्रहरीका अनुसार ट्रकचालक सल्यान बागचौर नगरपालिका– १० का डिल्ली विकलाई पनि नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिएको ट्रक, काठ र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सल्यान पठाइएको प्रहरीले जनाएकाे छ।

सुझावित समाचार