अस्ट्रेलियाका प्रधानमन्त्रीविरुद्ध गालीगलौज र नाराबाजी

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

अस्ट्रेलियामा एउटा समूहले प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई गालीगलौज र नाराबाजी गरेको छ । इद अल–फित्रको प्रार्थनाका लागि देशको सबैभन्दा ठुलो मस्जिदको भ्रमणका क्रममा प्रदर्शनकारीहरूले गाजामा इजरायलको आक्रमणमा उनको अडानप्रति आक्रोश व्यक्त गरे ।

अस्ट्रेलियाका मुस्लिम र यहुदी समुदायका केही मानिसहरू गाजा युद्ध सुरु भएदेखि नै वामपन्थी सरकारले लिएको अडानप्राति आक्रोशित छन् । उनीहरूले प्यालेस्टिनीहरूका लागि चिन्ता व्यक्त गर्दै, बारम्बार युद्धविरामका लागि आग्रह गरेका छन् ।

मुस्लिम उपवास महिना रमजानको समापन मनाउन पश्चिमी सिड्नीको लेकेम्बा मस्जिदमा प्रार्थना गर्नेहरूसँग सामेल भएको १५ मिनेटपछि प्रदर्शनकारीहरूले उनको गतिविधिमा अवरोध पुर्याएको भिडियो तस्बिरले देखाएका छन् । 

प्रदर्शनकारीहरूले नाराबाजी गरे, प्रधानमन्त्री अल्बानीज र गृहमन्त्री टोनी बर्कलाई ‘बाहिर निस्कनुहोस्’ भन्दै उनीहरूलाई ‘नरसंहार समर्थक’ बताए । जुन २०२३ मा हमास लडाकूहरूले गरेको आक्रमणपछि गाजामा इजरायलले प्यालेस्टिनीहरूको हत्या गरेको थियो ।

मानिसहरूलाई बस्न र घटनाको भिडियो खिच्न बन्द गर्न आग्रह गर्दै एक आयोजकले भीडलाई भने, ‘प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अलिकति शान्त रहनुहोस्, ‘यो इद हो । यो रमाइलो दिन हो ।’ सुरक्षा गार्डहरूले एकजना अपमानजनक व्यक्तिलाई भुइँमा लडाउँदै उसलाई टाढा लगेको देखियो । अल्बानिज र बर्क केही समयपछि त्यहाँबाट निस्किए । 

सुझावित समाचार