- भारतमा एचपिभी खोपको सुरुवातले भविष्यमा हुने लगभग दश लाख पाठेघरको क्यान्सरका घटनालाई रोक्न सक्छ
प्रधानमन्त्री नरेन्द्र मोदीले हालै अजमेरमा गरेको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रमको सुरुवात भारतमा पाठेघरको क्यान्सर रोकथामको सार्वजनिक स्वास्थ्य दृष्टिकोणमा एक महत्वपूर्ण कोसेढुंगा हो । योजनाबद्ध र राम्ररी कार्यान्वयन गरिएका अभियानमार्फत गम्भीर रोग उन्मूलन गरेको भारतको इतिहास लामो छ । सन् १९५० को दशकमा बिफर उन्मूलनदेखि हालैका दिनमा पल्स पोलियो अभियानसम्म यी गतिविधि निश्चय पनि सफलताका लागि डिजाइन गरिएका थिए । त्यही अनुशासन र सार्वजनिक विश्वासले अब एचपिभी खोपको सफलता निर्धारण गर्नेछ ।
भारतीय क्यान्सर सोसाइटी लामो समयदेखि पाठेघरको मुखको क्यान्सरले निम्त्याएको समस्याबारे चिन्तित छ । तथ्यांकले समाजका वास्तविक महिलाको प्रतिनिधित्व गर्छ । आमाको मृत्युसँगै परिवार शोकाकुल बन्छ । सन्तान टुहुरा र पति पीडामा डुब्छन् । महिलाले चुपचाप सहने पीडाबारे हामीलाई थाहा छ । रोगले गम्भीर च्यापेपछि मात्र उपचार केन्द्रमा लैजाने संस्कार नयाँ होइन । आफ्ना गोप्य अंगवरपरको दुखाइबारे खुलेर बोल्न सक्दैनन् । जब ‘परीक्षण’ सस्तो भएको भन्दै सिफारिस गरिन्छ, हामीलाई लाग्छ कि यसले महिलाको मर्यादामा सम्झौता गर्छ । सन् १९५० को दशकदेखि ‘प्याप स्मियर’जस्ता राम्रो र अधिक वैज्ञानिक परीक्षणले युरोप र अमेरिकामा स्क्रिनिङ, निदान र परिणाम परिवर्तन गरेको थियो, हामी किन कम प्रभावकारी विधिमा भर परिरहन्छौँ ? के भारतीय महिलाको जीवन कम मूल्यवान् छ ?
भारतीय क्यान्सर सोसाइटीले प्याप परीक्षण र अब एचपिभी डिएनए परीक्षणलाई सहयोग गर्न रकम जुटाएको छ । हामी थर्मल एब्लेसन (ट्युमर, क्यान्सर कोष वा क्षतिग्रस्त नसाजस्ता असामान्य तन्तु नष्ट गर्न अधिक ताप प्रयोग गर्ने चिकित्सा प्रक्रिया) का साथ घाउको पहिचान र उपचार गर्न महत्वहीन परीक्षण गर्छौं । हामी ती महिलालाई आर्थिक सहयोग पनि प्रदान गर्छौं, जसको क्यान्सर जटिल अवस्थामा पुगेको छ । तर, उपचारयोग्य संक्रमणलाई किन यस्तो विनाशकारी रोगमा विकास हुन अनुमति दिइन्छ ? एचपिभी खोप २००८ देखि परिचित छ र २०१० मा भारतका गुजरात र आन्ध्र प्रदेशमा अभियान सुरु गरिएको थियो, जहाँ तीन डोज खोप लगाउने कार्यक्रम सुरु गरिएको थियो । नौदेखि १४ वर्ष उमेरका हजारौँ केटीलाई खोप लगाइएको थियो ।
त्यसपछि, खोपविरोधी आन्दोलनले हस्तक्षेप गर्यो । आत्महत्या, डुब्ने र रेल दुर्घटनाका डरलाग्दा कथा व्यापक रूपमा फैलिए । यी दुःखद घटना खोपसँग कसरी सम्बन्धित थिए भन्ने अझै स्पष्ट छैन । पहिले, प्रशस्त सावधानीका रूपमा मापन गर्ने अवसर स्थगित गर्नुपरेको थियो । यद्यपि, एउटा आशाको किरण जीवितै थियो किनकि अनुसन्धान रोकिएको थिएन । सयौँ केटीले अपूर्ण डोज प्राप्त गरेको हुनाले अनुसन्धानकर्ताले दीर्घकालीन अनुगमनका लागि बहुमूल्य अवसर पाए । एक मात्रा डोज प्राप्त गर्ने केटीहरू पनि दुई वा तीन डोज प्राप्त गर्नेजत्तिकै स्वस्थ रूपमा हुर्किए, जसले आजको सरलीकृत तालिकाका लागि आधार तयार गर्यो ।
विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धानका लागि अन्तर्राष्ट्रिय एजेन्सीसँग सम्बन्धित डा. पर्थ वसुका अनुसार भारतमा एचपिभी खोपको सुरुवातले भविष्यमा हुने लगभग दश लाख पाठेघरको क्यान्सरका घटनालाई रोक्न सक्छ । १५ वर्षभन्दा बढी समयदेखि १७ हजार ७२९ केटीलाई पछ्याएको दीर्घकालीन भारतीय अनुसन्धानले खोप अत्यन्तै सुरक्षित रहेको देखाएको छ, जसको एक मात्राले बलियो सुरक्षा प्रदान गर्छ । उच्च पहुँचका साथ भारतले भविष्यमा हुने पाठेघरको क्यान्सरको बोझलाई उल्लेखनीय रूपमा कम गर्न सक्ने डा. वसु टिप्पणी गर्छन् ।
स्वर्गीय डा. शंकर नारायणले वर्षौंदेखि अनुसन्धान गरेका थिए, जसले अहिले नतिजा दिएको छ र डा. वसुले यी दीर्घकालीन अध्ययनमा निरन्तरता दिइरहेका छन् । पाथ (पिएटिएच) र अन्य अन्तर्राष्ट्रिय सहयोगी र भारतीय अनुसन्धानकर्ताका कामले प्रभावकारिता र सुरक्षा दुवैमा विश्वासलाई बलियो बनाएको छ । विश्वव्यापी अनुभवले यो विश्वासलाई बलियो बनाउँछ । अस्ट्रेलियामा सार्वजनिक रूपमा वित्तपोषित एपिभी खोप २००७ मा सुरु भयो र २०२३ मा एकल डोज तालिकामा परिवर्तन भयो । सिड्नी विश्वविद्यालयकी प्राध्यापक डेबोरा बेटेसनले औँल्याएझैँ सन् २०२१ मा खोप सुरु भएदेखि पहिलोपटक २५ वर्षमुनिका महिलामा पाठेघरको क्यान्सरको कुनै पनि केस पत्ता लागेको थिएन । निरन्तर उच्च खोप पहुँचका कारण यस्तो सम्भव भएको हो । हङकङमा विद्यालमा दिइने खोप र नवीन स्व–नमुना परीक्षण पहलमार्फत पहुँचमा निरन्तर सुधार आएको छ । क्याथरिना रेमर र डा. करेन चानले प्राथमिक विद्यालयका केटीका लागि निःशुल्क खोप, बलियो अनुसन्धान र विस्तारित परीक्षणले हङकङमा डब्लुएचओको उन्मूलन लक्ष्यलाई कसरी सहयोग गरेको छ भनेर वर्णन गरेका छन् ।
भारतले यस्ता सफलताका कथा अझै थप्नुपर्छ । योजना, पहुँच र सार्वजनिक विश्वासका साथ हामी प्रमुख जनस्वास्थ्य खतराका रूपमा पाठेघरको क्यान्सर उन्मूलनका लागि डब्लुएचओको आह्वानको जवाफ दिन सक्छौँ । वैज्ञानिक जाँच, आपूर्ति सुनिश्चितता र कार्यक्रमगत तयारीका कारण भारतमा राष्ट्रिय खोप प्रणालीमा खोपको परिचय प्रायः समय–खपत हुन्छ । क्यान्सर सुरु हुनुअघि नै रोक्नु दूरदर्शिताको असाधारण कार्य हो र यसका लागि सरकारको प्रशंसा गर्नुपर्छ ।
(गोभिल भारतीय क्यान्सर समाजको दिल्ली शाखाकी सभापति हुन्)
हिन्दुस्तान टाइम्सबाट