कुमारीले मनायो २५औँ वार्षिकोत्सव

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रम गरी २५औँ वार्षिकोत्सव मनाएको छ । बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौं, ललितपुर, भक्तपुरलगायत उपत्यकाबाहिरका सम्पूर्ण प्रदेशहरूमा रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ ।  

यस्तै, परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत वेशभूषा’ पहिरन गरी उत्सव मनाइएको छ । यसका साथै बैंकले आफ्ना सम्पूर्ण शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम देशैभरि वर्षैभरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनी गरेको छ । यस कार्यक्रममार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गको जीवनस्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाबाट निरन्तर प्रयास गर्ने बताइएको छ । 

यसका अलाबा सिल्भर सेभिंग्स बचत खाता पनि सार्वजनिक गरिसकेको छ, जसमा ग्राहकले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन् । बैंकले दुई ८६ शाखा सञ्जाल, तीन सय दुई एटिएम, ४१ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । 

सुझावित समाचार