सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज ग्यालेक्सी ए–५७ फाइभजी र र ए–३७ फाइभजीको अफरसहित प्रिअर्डर खुलाएको छ । प्रिअर्डर गर्दा चार हजारसम्मको मेमोरी अपग्रेड, २४ महिनासम्मको किस्ताबन्दी सुविधा रहने बताइएको छ । यी डिभाइसमा आकर्षक डिजाइन, स्मार्ट क्यामरा प्रणाली र उन्नत सफ्टवेयर टुल समावेश गरिएको बताइएको छ । प्रिअर्डर नेपालमा ५ देखि १८ अप्रिलसम्म खुला रहनेछ ।
यी स्मार्टफोनमा सामसङको उन्नत ‘असम इन्टेलिजेन्स’ उपलब्ध छ । भ्वाइस ट्रान्सक्रिप्सनले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्समा रूपान्तरण गर्ने सुविधामा पनि समावेश छ ।
त्यसैगरी, एआई सेलेक्टले स्क्रिनमा देखिएका वस्तु सजिलै चयन र प्रयोग गर्न सहयोग गर्ने बताइएको छ । यिनमा ६ वर्षसम्मको सुरक्षा अपडेट र ओएस अपग्रेड पनि उपलब्ध छन् ।
ए–५७ मोडेल १२/२५६ को मूल्य ८९ हजार ९९९ र ८/२५६ को ८४ हजार ९९९ तोकिएको छ । यस्तै, ए–३७ को १२/२५६ जिबीको मूल्य ७९ हजार ९९९, ८/२५६ को ७२ हजार ९९९ र ८/१२८ को ६४ हजार ९९९ रुपैयाँ पर्नेछ ।