राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विगतका कठिनाईहरूले आफूहरूलाई कमजोर नराखी बलियो बनाएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको तस्बिर सेयर गर्दै शाहीले यस्तो बताएका हुन्। उनले यस कारण नै आज आफूहरू एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेको जिकिर गरे।
उनले भनेका छन्, 'विगतका दु:खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेका छौ।'