प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा खोजपत्रकार, लेखक एवं लेक्चरर दीपा दाहाल नियुक्त भएकी छिन्।
प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्ने उनको सचिवालयले जनाएको छ।
दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढिको व्यवसायिक पत्रकारिताको अनुभव छ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहाल पत्रकारिता, सञ्चार सिप र मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप)को प्रशिक्षकसमेत हुन्।