झण्डै तीन दशकदेखि गुणस्तरीय शिक्षाको मानक बन्दै आएको काठमाडौँ टोखारोडस्थित तक्षशिला एकेडेमीले नयाँ शैक्षिक सत्रका लागि भर्ना सुरु गरेको छ। ‘प्राचीन दर्शन र आधुनिक शिक्षाको अनुपम संगम’ भन्ने मूल नाराका साथ तक्षशिलाले आधारभूत तहदेखि उच्च शिक्षासम्मका विभिन्न विधामा भर्ना खुलाएको हो।
प्लस टुअन्तर्गत विज्ञान, मानविकी, व्यवस्थापन, कानुन, होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञानमा भर्ना आह्वान गरिएको छ। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध चारवर्षे बिबिएस कार्यक्रममा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूले समेत आवेदन दिन सक्ने विद्यालयले जनाएको छ।
प्रा.डा. जयराज आचार्यको अभिभावकत्व र वरिष्ठ शिक्षाविद् नेत्रप्रसाद न्यौपानेको व्यवस्थापनमा सञ्चालित यस एकेडेमीले सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक र अनुसन्धानमुखी शिक्षालाई मुख्य प्राथमिकता दिएको जनाएको छ। नेपालकै पहिलो र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘एस्ट्रोनोमी क्लब’ मार्फत खगोल विज्ञानको प्रयोगात्मक अनुभव प्रदान गर्ने यो संस्थाले विद्यार्थीलाई प्राचीन गौरवमय विद्या–परम्परालाईसमेत पुनर्जागरण गराउने प्रयास गरिरहेको छ।