नयाँ वर्षमा एलजीका घरेलु उपकरणमा ४१ प्रतिशतसम्मको छुटसहित विभिन्न अफर

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

एलजीले सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ वर्ष अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत नेपालभरका ग्राहकहरूले एलजीका नवीनतम घरेलु उपकरणहरूमा ४१ प्रतिशतसम्म छुटसहित निश्चित उपहार तथा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

नयाँ वर्षसँगै नयाँ लक्ष्य र आकांक्षा लिएर अघि बढिरहेका ग्राहकलाई स्मार्ट र आरामदायी घर निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यका साथ यो अभियान ल्याइएको कम्पनीले जनाएको छ। यस अभियानमार्फत एलजीका आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक जीवनलाई सहज बनाउने विभिन्न घरेलु उपकरणहरूलाई प्राथमिकतामा राखिएको छ।

यस उत्सव अफरअन्तर्गत विभिन्न उत्पादन श्रेणीहरूमा निम्न सुविधाहरू उपलब्ध छन्ः

  • टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिंगल डोर र डबल डोर फ्रिज (३०८ लिटरसम्म) : आकर्षक ४१ प्रतिशत क्यासब्याक अफर 
  • फ्रन्ट लोड वासिङ मेसिन : ६ केजी Ariel Matic डिटर्जेन्ट निःशुल्क 
  • टप लोड वासिङ मेसिन : २ केजी Ariel डिटर्जेन्ट निःशुल्क 
  • ट्विन टब वासिङ मेसिन : १ केजी Ariel डिटर्जेन्ट निःशुल्क 
  • डिसवासर : २ प्याक वासिङ ट्याब्लेट निःशुल्क 
  • साइड (बाइ) साइड र डबल डोर फ्रिज (३४० लिटर वा सोभन्दा माथि) : मिक्सर निःशुल्क 
  • माइक्रोवेभ ओभन : कुकिङ किट निःशुल्क 
  • एयर कन्डिसनर : निःशुल्क इन्स्टलेसन सेवा

यो अफर सीमित समयका लागि नेपालभर रहेका एलजीका आधिकारिक सोरुम तथा खुद्रा पसलहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूलाई नजिकको सोरुममा गई नयाँ वर्ष अफरको लाभ लिन सक्नेछन्।

सुझावित समाचार