कुमारी बैंकले मनायो २५औँ वार्षिकोत्सव

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू गरेर आफ्नो २५औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त  गरेको छ।  

बैंकको २५औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। यसले स्थानीय स्तरमा रक्त बैंककाे आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान विश्वास लिएको बैंकले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्त्वलाई उजागर गर्न ‘परम्परागत वेशभूषा’  पहिरन गरेको छ। यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोसाकमार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुर्याएको छ। विविध सांस्कृतिक परम्परालाई अंगाल्दै बैंकले आफ्नो कार्यशक्तिमा समावेशिता र सम्मानलाई बढावा दिएको छ। यस पहलमार्फत बैंकले ‘सबैका लागि सधैँका लागि’ भन्ने मूल उद्देश्यभित्र रही आन्तरिक आबद्धताको भावनालाई बढावा दिन कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ।

यसका साथै बैंकले अफ्ना सम्पूर्ण शाखाहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू देशैभरि वर्षैभरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनी गरेको छ। यस कार्यक्रममार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरूको जीवनस्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरूबाट निरन्तर प्रयास गर्ने जनाएको छ।

साथै, बैंकले आफ्नो रजतजयन्तीको अवसरमा सिल्भर सेभिङस् बचत खाता पनि सार्वजनिक गरिसकेको छ, जसमा ग्राहकहरूले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन्।

सुझावित समाचार