हिलोरा हिल्स रिसोर्ट लिमिटेडको साधारण सेयर (आइपिओ) निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएकोछ । सेयर निष्कासनसम्बन्धी सम्झौतामा रिसोर्टका तर्फबाट सञ्चालक ई. दीपविक्रम विष्ट र लक्ष्मी सनराइजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता १९ चैतमा बानेश्वरस्थित लक्ष्मी सन्साइजको कार्यालयमा भएको हो । रिसोर्टले ४० करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता सेयर निष्कासन गर्नेछ । भक्तपुरमा रहेको हिलोरा हिल्स रिसोर्टमा सयवटाभन्दा बढी कोठा छन् ।