ग्राहकहरूको सेवा अनुभूति अझ प्रभावकारी बनाउन मेटलाइफ नेपालले आफ्नो ‘वान बाई मेटलाइफ’ मोबाइल एपमा नयाँ अपडेट गर्दै रगतमा चिनीको मात्रा देखाउने सूचक (HbA1c)को स्वास्थ्य जोखिम मूल्यांकन सुविधा थप गरेको छ।
प्रयोगकर्ताहरूलाई आफ्नो स्वास्थ्य जानकारी र बिमासम्बन्धी आवश्यकताहरू सजिलै व्यवस्थापन गर्न सहयोग पुर्याउने डिजिटल सेवाहरू पनि एपमा विस्तार गरिएको छ।
आधारभूत स्वास्थ्य जानकारी लिन वा बिमासम्बन्धी कामहरूलाई सजिलो बनाउँदै वान बाई मेटलाइफ एपले एउटै मोबाइल प्लेटफर्ममा स्वास्थ्यसम्बन्धी उपकरणहरू, रिमाइन्डरहरू र बिमा सेवाहरू उपलब्ध गराउँछ।
नयाँ फिचरले प्रयोगकर्तालाई दीर्घकालीन रूपमा रगतमा चिनीको अवस्थाबारे बुझ्न मद्दत गर्छ। एपमा प्रविष्ट गरिएको जानकारीका आधारमा प्रयोगकर्ताहरूले आफ्नो सम्भावित स्वास्थ्य जोखिमबारे जानकारी पाउन सक्छन्।
स्वास्थ्य जानकारीसँगै वान बाई मेटलाइफ एपले अन्य सेवाहरू पनि सुधार गरेको छ। प्रयोगकर्ताहरूले अफलाइन नोटिफिकेसन प्राप्त गर्न, सुधारिएको प्रिमियम क्याल्कुलेटर प्रयोग गर्न र भुक्तानी रिमाइन्डरहरू पाउन सक्छन्। साथै, एपमार्फत बिमा दाबी सुरु गर्न, आफ्नो व्यक्तिगत जानकारी डिजिटल रूपमा अपडेट गर्न र पोलिसी पुनः सक्रिय राख्नेसम्बन्धी सूचना प्राप्त गर्न सकिन्छ।