कांग्रेस सांसद आङ्देम्बेले भने- दल फरक भए पनि देश एउटै हो

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय भिन्नता हुँदा पनि राष्ट्रिय एकता अपरिवर्तित रहेको बताएका छन्। उनले भने, ‘विभिन्न आस्था र विचार बोकेका हामी एउटै नौकामा छौँ। डुबे सबै डुब्छौँ, उठे सबै सँगै उठ्छौँ।’

सांसद आङ्देम्बेले ००७ सालको क्रान्तिदेखि हालको ‘जेन–जी’ विद्रोहसम्मका सबै सहिदलाई सम्मान गर्न आग्रह गर्दै भने, ‘२०४६ सालको जनआन्दोलन, १० वर्ष लामो सशस्त्र विद्रोह, ०६२/०६३ को जनआन्दोलन, मधेश आन्दोलन, थरूहट र आदिवासी जनजातिका आन्दोलन तथा प्रदर्शन यी सबैमा भएका बलिदानलाई आज सम्झनु आवश्यक छ।’ उनले नागरिकमा नयाँ आशा र विश्वास जगाउन आवश्यकतामा पनि जोड दिएका छन्।

सुझावित समाचार